२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण



४ मंसिर ०७९, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् ।

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।