८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


हरिसिद्धमा मतदानका क्रममा विवाद, मतदान रातीसम्मै



४ मंसिर ०७९, ललितपुर । ललितपुर महानगरको हरिसिद्धिमा मतदानका क्रममा विवाद भएपछि राती ७ बजेसम्म मतदान लम्बिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने २८ नम्बर वडा हरिसिद्विमा समानुपातिकको मत संघमा, र संघको समानुपातिक मत पेटिकामा परेपछि विवाद भएर मतदान प्रकृया रोकिएको थियो । मतदान रोकिएपछि २ घण्टा थपेर मतदान गरिएको हो ।
उनका अनुसार ७३ देखि ७४ मतमा फरक परेपछि यहाँ विवाद भएको थियो । विवाद समाधान गर्ने क्रममा त्यसलाई छुट्याएर फेरि मतदान प्रक्रिया सुरु गरिएको थियो ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : २० बजे