१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी



६ मंसिर ०७९, ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएसँगै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो । निर्वाचन आयोगले उनी निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको छ ।

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ बिजयीले घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए । उनले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई पराजित गर्दै विजयी बनेका हुन् । उनीसँग नेकपा एमालेका शिव सुन्दर राजवैद्य, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीवनराम श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकार रिमालले प्रतिस्पर्धा गरेका थिए । काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ पहिला विवेकशील साझा पार्टीमा थिए । उनी २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागेका थिए । उनी यसअघि विवेकशील साझा पार्टीमा हुँदा समानुपातिक सूचीबाट बागमती प्रदेशसभा सदस्य बनेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ३२ बजे