१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ प्रदेशसभा १ मा एमालेका मधुसुदन पौडेल विजयी



। ललितपर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एमाले)का मधुसुदन पौडेल विजयी भएका छन् ।
पौडेल ११ हजार दुई सय ९९ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहालले आठ हजार छ सय ५६ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिएका छन् ।
कार्यालयका अनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका हुमा पाण्डेयले तीन हजार तीन सय ८९, नेमकिपाका बुद्ध लामाले एक सय ९४, मङ्गोल नेशनल अर्गनाइजेशनका सुरेश मार्फाले एक सय ५६, स्वतन्त्र उम्मेदवार कुमार तिमल्सेनाले २४ मत प्राप्त गरे ।
साथै, चीनबहादुर तामाङले ४३, ठक्कर घिमिरेले १२, दीपेशकुमार खत्रीले एक सय २४, नारायण खड्काले आठ, रामहरि घिमिरेले २४ र श्यामकुमार घिमिरेले ६५ मत प्राप्त गरेका छन् ।
कुल ३६ हजार सात सय ८३ मत रहेको यस क्षेत्रमा २४ हजार आठ सय ३७ मत खसेको थियो । यहाँ २३ हजार नौ सय ९४ मत सदर र आठ सय ४३ मत बदर भएको थियो ।

विसं २०७० को संविधानसभाको निर्वाचनमा पौडेल र दाहाल ललितपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्यका लागि एमाले र माओवादीका तर्फबाट उम्मेदवार थिए । त्यसबेला कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले संविधानसभा सदस्यका लागि जीत हासिल गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।