१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ मा नेपाली काँग्रेसका उदय राणा प्रतिनिधि सभा सदस्यमा विजयी




७ मंसिर ०७९, ललितपुर । ललितपुर १ का नेकपा एमाले उम्मेदवार नवराज सिलवाल लाई ४६ सय बढी मतले पराजित गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा विजयी भएका छन् ।
ललितपुर १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार राणाले एमाले उम्मेदवार सिलवाल राणाभन्दा ४ हजार ६ सय १४ मतले धेरै ल्याए । कार्यालयका अनुसार राणाले २३ हजार ८ सय ९२ मत पाएका छन् भने सिलवालले १९ हजार २ सय ७९ मत प्राप्त गरेका छन् ।
गत २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राणा एमाले नेता सिलवालसँग नै पराजित भएका थिए । नेपाल प्रहरीका पूर्व एआईजी सिलवालले उनलाई ६ हजार २ सय २२ मतले पराजित गरेका थिए। सिलवालले २६ हजार ९ सय ५१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राणाले २० हजार ७२९ पाएको थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार दुई सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार छ सय ४१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०१ बजे