११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी



७ मंसिर ०७९, काठमाडौं ।  नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ३३ बजे