३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी



७ मंसिर ०७९, काठमाडौं ।   गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।
बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।