११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३ को प्रदेश २ मा एमालेका प्रेमभक्त महर्जन विजयी




ललितपुर खबर
८ मंसिर ०७९, ललितपुर । ललितपुरको क्षेत्र नं. ३ कामे प्रदेशसभा २ मा नेकपा एमालेका प्रेमभक्त महर्जन विजयी भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार एमालेका उम्मेदवार महर्जनले ४ सय ३४ धेरै मत पाएसँगै विजयी भए । एमालेका उम्मेदवार महर्जनले ६ हजार २७९ मत पाएका थिए भने नेपाली काँग्रेसका जितेन्द्र श्रेष्ठले ५हजार ८४५ मत पाएका थिए ।
श्रेष्ठलाई गठबन्धनको साथ थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा सहभागी भएको थियो ।
राप्रपाका सविनकुमार खड्का ५३ ८१ मत पाए भने नेपाल मजदुर किसान पार्टीका नरेश महर्जनले १ हजार १५५ मत पाए ।
ल्लितपुर क्षेत्र नं. ३को प्रत्यक्षतर्फको मत गणनासँगै ललितपुरका सबै क्षेत्रको नतिजा आएको छ । यहाँ भोलिबाट समानुपातिकतर्फको मत गणना हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ०० बजे