९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ : करिश्मा मानन्धर



९ मंसिर ०७९, काठमाडौं ।  नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, ‘मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।’

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : २६ बजे