३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मतगणना अपडेट : काँग्रेस तीन क्षेत्रमा अघि, एमाले एक




१३ मंसिर ०७९, काठमाडौं । पछिल्लो समय देशभरको १५८ क्षेत्रको मतगणनाको परिणाम आएको छ । बाँकी ७ क्षेत्रमध्ये ४ क्षेत्रको अहिले मतगणना जारी छ । तीन क्षेत्रको मत गणना भएको छैन ।
मतगणना भएको क्षेत्रहरुमा नेपाली काँग्रेस तीन क्षेत्रमा अगाडि छ । एउटामा चाही एमाले अघि छ । त्यो पनि झिनो मत सहित ।
हुन त चारै क्षेत्रमा एमाले काँग्रेसबीच कडा प्रतिश्पर्धा छ । यी क्षेत्रमा हेविवेट नेताहरुबीच प्रतिश्पर्धा छ ।
सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरी ४ हजार ७६१ मतले अघि छिन् । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार ले २७ हजार ६५६ मत पाएका छन् भने भगवती चौधरीले ३२ हजार ४१७ मत पाएकी छिन् ।
सुनसरीकै क्षेत्र नं. ४ मा कानूनमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको प्रतिश्पर्धा नेकपा एकालेका नेता जगदिश प्रसाद कुसियैतसँग रहेको छ । कानूनमन्त्री कार्कीले २३ हजार ४३९ पाएका छन् भने एमालेका कुसियैतले २३ हजार ३४१ पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका नेता ९८ कार्की मत सहित अघि छन् ।
परराष्ट्रमन्त्री नारायण खड्काको उदयपुर १मा एमालेकी मञ्जु चौधरीसँग कडा प्रतिश्पर्धा छ । एमालेकी चौधरीले २० हजार १२० मत पाउदा काँग्रेस नेता खड्काले १ हजार ७१३ मत धेरै २१ हजार ८३३ पाएका छन् ।
उता धनुषा ४मा नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ३१६ पाउदै एमालेका नेता रघुबीर महासेठभन्दा २ सय ९५ मत धेरै ल्याएका छन् । एमाले नेता महासेठको मत ३१ हजार २१ रहेको छ ।
पछिल्लो समय नेपाली काँग्रेसले ५३ क्षेत्रमा विजय भएको छ भने नेकपा एमाले ४२ क्षेत्रमा विजयी भएको छ । नेकपा माओवादी १७ क्षेत्रमा विजय हुँदा नेकपा एकीकृत समाजवादी १० ठाँउमा विजयी भएको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।