१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरकी नवनिर्वाचित सासंद डा.तोसिमाले गरिन् नख्खु भैसेपाटी सडक निर्माणको पहल




ललितपुर खबर
१३ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. ३ की नवनिर्वाचित सासंद डा. तोसिमा कार्कीले नख्खु भैरेपाटी सडक खण्ड विस्तारको कामको बारेमा चासो लिदै छिट्टो सम्पन्न गराउन पहल सुरु गरेकी छिन् ।
न्वनिर्वाचित डा. कार्कीले सासंद पदको गोपनियताको सपथ नखाँदै काम सुरु गर्दै सडक बिस्तार आयोजना प्रमुख कृष्ण ओझा सर सँग प्रत्यक्ष भेटेर छलफल गर्दै चाडो सडकको काम सक्न पहल गरेकी हुन् ।
लामो समयदेखि निर्माण अबरुद्ध नख्खु भैसेपाटी सडक धुलाम्य सडकले रोग हुँदा बटुवालाई स्वासप्रस्वासको रोगको सम्भावना बढेको छ भने खाडाखुल्टीले दिनहुँ दुर्घटना हुने गरेको छ ।
सासंद डा.कार्कीले फलफलको क्रममा कन्ट्रयाक्टर र ईन्जिनियरसँग टेलिफोन गर्दै चाडो काम सकाउन अनुरोध गरेकी हुन् । उनले फोन गर्दै ढिलासुस्ती आनाकानी नगर्न आग्रह गरेकी थिइन् ।

सासंद डा कार्कीले छिट्टै स्थलगत भ्रमण गर्ने बताइन् । उनले भनिन्, ‘यो सडकको चाडो काम सकाउनका लागि निरन्तर फलोअप, अपडेट र समन्वयको गर्न टिम परिचालन हुन्छ । उनीहरु फिल्डमै खटिन्छन् ।’

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।