२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको लेलेस्थित वालकुमारी मन्दिरबाट तेत्तिस कोटी देवताको मुकुटहरु चोरी




ललितपुर खबर
१४ मंसिर ०७९, चापागाँउ । ललितपुरको लेलेस्थित वालकुमारी जलकुमारी मन्दिरबाट तेत्तिस कोटी देवताको मुकुटहरु चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका प्रहरीका अनुसार बुधबार रातको १ बजेतिर मुकुटहरु चोरी भएको हो । मन्दिरबाट २५ वटा मुकुटहरु चोरी भएको हो । भगवानहरुको आकृती भएको मुकुटहरु तामाको थियो ।
ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुधिरराज शाहीका अनुसार चोरी गरिरहेको अवस्थाको सिसिटिभि फुटेज पनि फेला परेको छ । उनले भने, ‘अनुहार प्रष्ट देखिन्छ । दुई जना माथि शंका छ । अनुसन्धान भइरहेको छ ।’
उनका अनुसार मुकुटहरु २ सयदेखि ३ सय ग्राम तौल रहेको छ भने लम्बाई र चौडाई ५ इन्च रहेको छ । गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवालले नियमित रुपमा प्रहरी गस्ती हुने गरेको बताए । उनले भने, ‘मन्दिरमा पाले भने राखिएको छैन ।’

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।