२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ठेचो सडकमा ठेकेदारले खाल्टो बनाएर छोड्दा यात्रुलाई सास्ती




ललितपुर खबर
१५ मंसिर ०७९, ललितपुर । ललितपुरको ठेचो चापागाँउ सडकमा नवजानुका जेभिले कालो पत्रका लागि खाल्टो खनेर छोड्दा यस रुट भएर गुड्ने गाडीका यात्रुलाई सास्ती भएको छ ।
चार दिनअघि खाल्टा खुल्टी बनेको बीच सडकमा माटो निकालेर छोड्दा गाडी गुड्न अप्ठ्यारो परेको हो । यो रुट भएरु दैनिक गुड्ने हजारौं गाडी सडकमा खनेको खाल्टोको कारण जाम हुने गरेको हो । यही रुटमा टाटा मोवाइल चलाउने चालक रमेश घिमिरेले ठेचो सडकमा खाल्टा बनाएकाले यात्रा गर्न सास्ती भएको बताए । उनले भने,‘बीच सडकमा खाल्टा छ । खाल्टोबाट जाँदा गाडी फस्छ । रोकौं सडह साँघुरो छ । जाम हुन्छ ।’
नवजानुका जेभिका प्रोपाइटर लेखनाथ अधिकारीले यो रुटमा निरन्तर गाडी गुड्ने भएकाले काम गर्न नसक्दा समस्या आएको बताए । उनले भने, रातभर गाडी गुड्छन् । कामै गर्न पाइएन । त्यसैले खाल्टा पुर्न पाइएन ।
प्रोपाइटर न्यौपानेले दुई दिन गाडी रोकिदिए आफूले काम सक्ने बताए । भने, हामी राम्रो काम गर्ने भएकाले माटो निकालेर ग्राइभेल राखेर पेल्न खोजेका हौं । माथि माथि अलकत्रा छरेर कालोपत्र गरेको भए । काम एकै दिनमा सकिन्थ्यो ।
यो रुटमा रातभर लेले टिकाभैरव क्षेत्रका टिपर गुड्ने हुँदा ठेकेदार कम्पनीकालई समयमै काम पुरा गर्न समस्या छ ।
यो रुट भएर लेले महादेव खोलाको ढुंगा खानीबाट सिमेन्ट कारखानाका लागि ढुंगा बोक्ने गाडी चल्छन् । रातभर टिपरको ताँती गुड्ने हुँदा चापागाँउ ठेचो र सुनाकोठीका स्तानीय बासिन्दा टिपरको आवाजले सुत्न नपाएको गुनासो गर्दै आएका छन् ।
क्षमता भन्दा धेरै ढुंगा र रोडा बोक्ने टिपरले यो रुटको कालोपत्र ६ महिनामै भत्केको थियो ।दुई वर्षअघि गरिएको कालोपत्र अहिले खाल्टै खाल्टा बनेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।