३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट निर्वाचित



१५ मंसिर ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् ।
उनी १ सय १२ मतको अन्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।
मन्त्री कार्कीले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाटै विजयी भएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।