१५ मंसिर ०७९, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आज आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले कोरोनाको संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको समेत दाबी गरे । मिश्रित अर्थतन्त्र एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने सम्भवना नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया