३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्याङ्जा २ मा कांग्रेसकाको अग्रता,दोलखामा माओवादी 




१६ मंसिर ०७९, काठमाडौं । पछिल्लो मतगणनामा स्याङ्जा २ मा कांग्रेसकाको अग्रता,दोलखामा माओवादी केन्द्र अघि लागेको छ ।
निर्वाचन कार्यालयका अनुसार दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याएका छन् ।
प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन् ।
केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याएकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार छ सय ५२ मतले पछाडि पारेका छन् । अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।