८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लेले वालकुमारीको मुकुट चोरी : तस्विर सार्वजनिक, अभियुक्त फरार




ललितपुर खबर
१८ मंसिर ०७९, ललितपुर । गत मंसिर बुधबार ललितपुरको लेलेस्थित वालकुमारी जलकुमारी मन्दिरबाट तेत्तिस कोटी देवि देवताहरुको मुकुट चोरी भयो । प्रहरीले सिसिटिभिबाट चोरी गर्दै गरेको अवस्थाको भिडियो फुटेज पनि भेट्यो । फुटेजमा चोरी गर्दै गर्दा एक अभियुक्तको अनुहार पनि प्रष्टै देखियो तर अहिलेसम्म अभियुक्त फेला पर्न सकेन ।
ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुधिरराज शाहीले अभियुक्तको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् ।
प्रवक्ता शाहीले सिटिटिभिमा अनुहार प्रष्टै देखिएकाले चाडै पक्राउ गरिने बताए । भने, ‘हामी आइडेष्टिफाई गर्दै छौं । चाडै पक्राउ गर्नेछौं ।’
महानगरिय प्रहरी बृत्त चापागाँउका प्रहरीका अनुसार बुधबार रातको १ बजेतिर मुकुटहरु चोरी भएको हो । मन्दिरबाट २५ वटा मुकुटहरु चोरी भएको थियो । भगवानहरुको आकृती भएको मुकुटहरु तामाको थियो ।


उनले भने, ‘अनुहार प्रष्ट देखिन्छ । दुई जना माथि शंका छ । अनुसन्धान भइरहेको छ ।’
उनका अनुसार मुकुटहरु २ सयदेखि ३ सय ग्राम तौल रहेको छ भने लम्बाई र चौडाई ५ इन्च रहेको छ । गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवालले नियमित रुपमा प्रहरी गस्ती हुने गरेको बताए । उनले भने, ‘मन्दिरमा पाले राखिएको छैन ।’
मुकुट चोरी गर्ने व्यक्तिको खोजीको क्रममा एक प्रहरीले अनुसन्धानमा धेरै प्रगति भएको बताए । अनुसन्धानको विषयलाई तत्काल खोल्न नमिल्ने भए पनि खोजतलासमा टिम नै परिचालन गरिएको उनको भनाई छ ।
केही समयअघि ललितपुरको वालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो । सो मूर्ति केही समयपछि ललितपुर महानगरमै झाडीमा फ्याकिएको अवस्थामा फेला प¥यो । झण्डै ४ बर्षअघि ललितपुरको सुनाकोठीबाट हराएको ब्रम्हायणीको मूर्ति भने अझैं फेला जर्न सकेको छैन ।

यो मन्दिरको मूर्ति भने चोरी नभएको गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवालले बताए । उनका अनसार केही समयअघि मात्रै यो मन्दिर पुर्ननिर्माण गरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : ०५ बजे