३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समानुपातिक मतगणनामा एमालेकाे २७ लाख ८८ हजार



१८ मंसिर ०७९, काठमाडौं ।   यहि मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार आइतबारसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार १२५ मत प्राप्त गरी पहिलो स्थान कायम गरेको छ ।

नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएर समानुपातिकतर्फको दोस्रो ठूलो दल बनेको छ भने नेकपा माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६ मत प्राप्त गरेको छ ।

जनमत पार्टीले तीन लाख ९४ हजार ५२३, नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७ मत पाएको छ ।

हाम्रो नेपाली पार्टीले ५५ हजार ६१८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८१८, राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८२, नेपाल सङ्घीय समाजवादीले ४१ हजार ८०७, नेकपा मार्क्सवादी लेनिनवादीले ३० हजार ४१९, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ९१८, जनता प्रगतिशील पार्टीले १८ हजार ४८, नेपाल आमा पार्टीले १७ हजार ८६४ मत प्राप्त गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ७९७, बहुजन एकता पार्टीले १७ हजार ६५, नेपाली कांग्रेस बीपीले १२ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ हजार २७०, नेपाली जनता दलले नौ हजार ९७६, बहुजन शक्ति पार्टीले नौ हजार ४३५, नेपालका लागि नेपाली पार्टीले आठ हजार ४०१, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ९९७ मत ल्याएका छन् ।

नेपाल लोकतान्त्रिक पार्टीले सात हजार ६९२, नेपाल जनता पार्टीले सात हजार ५०६, नेकपा पुष्पलालले सात हजार ३८०, मितेरी पार्टी नेपालले सात हजार ४३, जनजागरण पार्टी नेपालले छ हजार ५३६, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ४०९ मत ल्याएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीले पाँच हजार ९६८, जनसमाजवादी पार्टीले पाँच हजार ८७२, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ७९६, पिछाडावर्ग निषाद दलित जनजातिले पाँच हजार १०१, विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् ।

एकीकृत शक्ति नेपालले तीन हजार ७७६, नेकपा माओवादी समाजवादीले तीन हजार ६९४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले तीन हजार ४०४, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार ३३२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, नेपाल समावेशी पार्टीले दुई हजार ९५२, नेकपा परिवर्तनले दुई हजार १९१, राष्ट्रिय नागरिक पार्टीले दुई हजार १४३ र नेश्नलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।