११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ग्वार्कोमा ‘फ्लाइओभर’ को काम शुक्रबारदेखि शुरु हुँदै



तस्विर : एजेन्सी

१८ मंसिर ०७९, ललितपुर ।  ललितपुरको ग्वार्कोमा शुक्रबारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम शुरु हुने भएको छ । बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो ।


निर्माण कार्य प्रभावित नहोस् भने ट्राफिक प्रहरीले गाडी गुड्ने मार्गमा समेत परिवर्तन गरेको छ । फ्लाइओभर निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई मूल बाटो अर्थात् फास्ट ट्र्याकबाट सञ्चालनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ०५ बजे