३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दोलखामा फेरि एमालेको अग्रता




१९ मंसिर ०७९,दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।
हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।
दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।