२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ सात महिनायताकै उच्च



१९ मंसिर ०७९, काठमाडौं ।  सुनको भाउ बढेर सात महिना यताकै उच्च मूल्यमा पुगेको छ। गत बैशाखमा १ लाख २ सय रुपैयाँमा काराेबार भएकाे सुनको भाउ अहिले पुनः १ लाख रुपैयाँ नजिक पुगेको छ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार ९९ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ सोमबार तोलामा ४०० रुपैयाँले बढेको हो।

अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ५ महिना यताकै उच्च छ। सोमबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १८०० डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ लगातार बढ्दै गएको छ।

डलरको भाउ घटेका कारण सुनको भाउमा लगातार बढ्दो क्रममा देखिएको हो। नेपालमा अन्तराष्ट्रिय बजारको अनुसार नै सुनको भाउ निर्धारण गरिने हुँदा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो।

मंसिर लागे यता बजारमा सुनको माग बढेको छ। विवाहको सिजनमा सुनको माग ह्वातै बढ्ने गर्छ जसले गर्दा मंसिरमा भाउ महंगिए पनि सुनको माग भने निकै रहेको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।