पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे; अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । लेन्स : सुमनजङ्ग थापा/रासस
२० मंसिर ०७९, काठमाडौं । मंसिरको चिसो चिसो मौसममा आकाश खुला छ । यो सफा मौसममा उत्तरतिरको हिमाल टलक्क टल्केको छ ।
हिमालै हिमालको देश नेपालका अग्ला डाँडाबाट देखिने यी हिमाल हेर्न संसारभरबाट लाखांै पर्यटक आउछन् । सूर्यको रंगसँगै रातो पहेलो रंगमा बदलिने हिमाल आजकल मनमोहक देखिन्छन् ।
लेन्स : रासस
सङ्खुवासभाको खाँदवारीमा आउँदै गरेको नेपाली सेनाको हेलिकप्टर र मकालु हिमालको दृश्य ।
बागलुङ बजार र धौलागिरी हिमाल बागलुङ बजारको पृष्ठभूमिमा देखिएको देखिएको धौलागिरि हिमाल । लेन्स : डम्मर बुढा मगर/रासस
पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकाको परेवा डाँडाबाट देखिएको ताप्लेजुङ जिल्लामा अवस्थित विश्वको १४औँ अग्लो कुम्भगर्ण हिमाल । लेन्स : दिलकुमार लिम्बू/रासस
पर्वतको कुश्मा ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका सेता माछापुच्छ्रे« लगायतका हिमशृङ्खला ।
पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । लेन्स : सुमनजङ्ग थापा/रासस
प्रकाशित मिति :
२० मंसिर २०७९, मंगलबार १० :
२८ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया