२० मंसिर ०७९, काठमाडौं । एक लाख रुपैयाँ नजिक पुगेको सुनचाँदीको भाउ मंगलबार सस्तिएको छ । मंसिर २० गते, सुन तोलामा ६०० रुपैयाँले घटेको हो । चाँदी पनि यस दिन तोलामा ३५ रुपैयाँले गिरावट भएको छ ।
आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको थियो । हिजो, सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेको थियो । सो मूल्य सात महनिायताकै उच्च कारोबार मूल्य थियो । सुनको भाउ लगातार पाँच दिन बढेर एक लाख नपुग्दै घटेको हो ।
मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले गिरावट भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन, चाँदी तोलामा १५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया