३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल-भारत सीमा विवाद : सरकारले भारतलाई पठायो कुटनीतिक नोट



२० मंसिर ०७९, काठमाडौं । महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ । आइतबार नेपाली र भारतीय नागरिकबीच नदीको धार नेपाली बस्तीतिर फर्काएको विषयमा भएको विवादले झडपको रूप लिएको थियो । जसमा सीमा पारिबाट आएको ढुंगा लागेर विद्यालयमा खेलिरहेका चारजना बालक घाइते भएका थिए ।
घटनाको दुई दिनपछि परराष्ट्र मन्त्रालयले दार्चुलामा भएको भारतीय ज्यादतीबारे भारतलाई कूटनीतिक नोट पठाएको हो । कूटनीतिक नोट काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि, मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आफूहरूले कूटनीतिक नोट पठाउने तयारी गरिरहेको जानकारी दिएकी थिइन् । गृह मन्त्रालयले सोमबार घटनाबारे जानकारी दिँदै र स्थायी समाधान खोज्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।  पत्रमा दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।