२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतीय हस्तक्षेपविरुद्ध दूतावास अगाडि प्रदर्शन



२१ मंसिर ०७९,काठमाडौं । भारतीय पक्षले गरेको महाकाली नदीको अतिक्रमणविरुद्ध नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले आज लैनचौरस्थित भारतीय दूतावासको कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा सहभागी विद्यार्थीले भारतले अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले मंगलबार मात्रै महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर भारतलाई कूटनीतिक नोट पठाएको छ । भारतले पनि तत्कालका लागि निर्माण रोकेको पत्र पठाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।