११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीको विस्कुट कारखानामा भिषण आगलागी, लाखौंको क्षति




२२ मंसिर ०७९, ललितपुर । ललितपुको गोदावरी टौखेलको एक विस्कुट कारखानामा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलस्थित सपना खनाल भुसाल र पोमनारायण अधिकारीको यसिएन यग्रो बिष्कुट फ्याक्ट्रिमा बिहीबार बिहान आगलागी हुँदा करिब ४५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
चाइनिज पास्ता ड्राई गर्ने क्रममा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । स्थानीय र ललितपुर काठमाडौं लगायतका स्थानबाट आएका दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ९ : ४७ बजे