१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप फुटवल रोचक मोडमा, आजबाट क्वाटरफाइनलका खेलहरु सुरु




२३ मंसिर ०७९, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । जारी विश्वकपको क्वाटरफाइलको खेलसँगै रोचक प्रतिश्पर्धा हुने देखिएको छ ।
कतारको एजुकेसन सिटी स्टेडियममा हुने पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ भने पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछ । यी मध्ये एक टोलीले सेमिफाइनलमा खेल्न पाउनेछ ।
अघिल्लो खेलमा बलियो टिम स्पेन पराजित भएसँगै रोचक बनेको विश्वकप विगतको विश्व विजेता अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्न संसारभरका अरवौं खेलप्रेमी प्रतिक्षारत छन् । सधैको विश्वकप फुटवलको दावेदार टिमहरु अर्जेटिना र ब्राजिल छुट्टा छुट्टै टिमसँग भिड्ने यो खेल को नतिजाले आगामी खेलहरु झन् रोचक बनाउनेछ ।
फिफा वरीयतामा विश्व एक नम्बर रहेको ब्राजिल ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन ।
फिफा वरीयतामा तेस्रो स्थानमा अर्जेन्टिना रहेको लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको खेलको नतिजा हेर्न संसारभरका खेलप्रेमी उत्साहित छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।