२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जबराको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन



२३ मंसिर ०७९, काठमाडौं ।  सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा सर्वोच्चले संवैधानिक इजलास गठन गरेको हो । संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

इजलासमा प्रधानन्यायाधीश जबराको महाभियोग निष्क्रिय भएको पत्र दिने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमविरुद्धको रिट निवेदनमाथि सुनुवाइ जारी छ ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका नौ पदाधिकारीले संसद्का महासचिवको पत्रलाई सर्वोच्चको संवैधानिक इजलासमा दिएको चुनौतीमाथि सुनुवाइ भैरहेको हो ।

निवेदनमा ‘महाभियोगबारे निर्णय गर्ने प्रतिनिधिसभाको निरपेक्ष अधिकारमाथि अनुचित बन्देज लगाउँदै महाभियोग प्रस्तावलाई निष्क्रिय पार्ने महासचिवको पत्र संवैधानिक र क्षेत्राधिकारविहीन रहेको’ भन्दै बदर गर्न माग गरिएको छ ।

साथै प्राथमिकतासाथ सुनुवाइ गरी अन्तरिम आदेशबाटै सो पत्र कार्यान्वयनमा रोक लगाउन पनि रिटमा माग गरिएको छ । संवैधानिक इजलासले निवेदकको मागमा अन्तरिम आदेश दिएमा सर्वोच्च फर्कने जबराको अन्तिम प्रयास रोकिनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।