२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समानुपातिक सांसदको सूची टुङ्गो आजै लगाउन दलहरूकाे दाैडधुप



२४ मंसिर ०७९, काठमाडौं ।   निर्वाचन आयोगले समानुपातिक सांसदको सूची आजसम्म टुंगो लगाउन समयसीमा दिएपछि सबैजासो दलहरू बैठक र छलफलमा जुटेका छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची आज ४ बजेभित्रै पेश गर्न भनेको थियो ।

यही क्रममा एमालेको सचिवालय बैठक एमाले मुख्यालमा बसिरहेको छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीले सबै १३ समानुपातिक सांसदको नाम चयन गरेको छनएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजै ४ बजेभित्रै सूची बुझाउने जनाएको छ । उसका अनुसार निर्वाचनअघि बुझाएको बन्द सूचीमा कुनै पनि हेरफेर गरिएको छैन । एमालेले पनि आजै समानुपातिक सांसदको सूची आयोगमा बुझाउने जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

कांग्रेस केन्द्रीय कार्य सम्पानद समितिको बैठकले समानुपातिक तर्फको ३२ जनाको नाम टुंगाएको जनाएको छ । कांग्रेसले पनि आजै आयोगमा सूची बुझाउने जनाएको छ ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो । केही साना दलले यसअघि नै समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।