१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ समानुपातिक सांसद(नामावलीसहित)




२४ मंसिर ०७९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो । पार्टी प्रवक्ता डा मुकुल ढकालका अनुसार पार्टीका तर्फबाट १३ जनाको नाम आयोगमा बुझाइएको हो ।
पार्टीले सन्तोष परियार, शिव नेपाली, डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी, असिम साहको नाम आयोगमा बुझाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।