१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने



२५ मंसिर ०७९, काठमाडौं ।  निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।

https://www.youtube.com/@lalitkhabar

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।