८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको वगुवा प्युटार सडक कालोपत्र गरेकै भोलिपल्ट उप्केपछि…




ललितपुर खबर
२५ मंसिर ०७९, ललितपुर । दक्षिण ललितपुरको बगुवा आश्राङ ठुलादुलुङ हुँदै मानिखेल जोड्ने सडक कालोपत्र गरेकै भोलिपल्ट उप्केको छ ।
ो कालोपत्र गरेको भोलिपल्ट नै उप्केपछि स्थानीयले असन्तुष्टि जनाएका छन् ।
यस सडक गुणस्तरिय निर्माणमा सघाउन स्थानीय सरोकारवालाहरुले बनाएको उपभोक्ता स्तरिय अनुगमन समितीका संयोजक उत्तमकुमार थिङ गुणस्तरिय काम नभएपछि आफूहरुले अनुगमन गरेको बताए ।
उनले भने,‘यति मात्रै होइन ठाँउ ठाँउमा ड्रेन र पर्खाल भत्केको छ ।’ अन’गमन समितीले काम राम्रो भएन भनेर ठेकेदार र राज्य पक्षलाई रिपोर्ट दिएका छ ।
उनका अनुसार ठेकेदार कम्पनीले काम ढिला गरिरहेको छ । काम ढिला भएको कारण ठेक्का अवधि सकिन लाग्दा हत्तारमा काम गर्दा यस्तो भएको हो । १० मिलो मिटर सडक कालोपत्र गर्नु पर्नेमा अहिलेसम्म चार किलोमिटर मात्रै कालो पत्र भएको छ ।
अनुगमनका क्रममा ठाँउ ठाँउका कालोपत्र उप्केको अवस्था फेला परेको छ । ठेकेदार कम्पनीका इञ्जिनियर सुवेकुमार महतोले ठाँउ ठाँउमा कालोपत्र उप्केकोले फेरि कालोपत्र गरिने बताए । कालोपत्र उप्केपछि डिभिजन सडक कार्यालय ललितपुरबाट इञ्जिनियर र ल्याव टेक्निसियनको टोलीले अनुगमन गरेर फर्केको छ ।
यो सडक निवर्तमान प्रदेश सासंद चेतनाथ सञ्जेलको पहलमा वागमती प्रदेश सरकारले बहुबर्षिय योजनामा बगुवादेखि चन्दनपुरसम्म निर्माण गर्न लागेको हो । सडकको पहिलो ठेक्का बगुवादेखि प्युटारसम्मको १० किलोमिटर सडक करिव २५ करोड रुपैयाको ठेक्का अमर कन्ट्रक्सन पाएको थियो । ठेक्का अविधि पुस १७ गतेसम्म रहेको ठेकेदार कम्पनीका इञ्जिनियर सुशील आचार्यले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : १७ बजे