
२५ मंसिर ०७९, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ ।
आयोगका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताएका हुन् । दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरुलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरुले आआफूले पाएको सिटमा नाम पठाएका थिए ।







प्रतिक्रिया