११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुरमा दर्जन बहुउद्देश्यीय सहकारी गैरकानुनी रुपमा सञ्चालन




२८ मंसिर ०७९,भक्तपुर । भक्तपुरमा दर्जन बहुउद्देश्यीय सहकारीहरु गैरकानुनी तवरले सञ्चालनमा रहेको तथ्य बाहिरिएको छ । भक्तपुर नगरपालिकाले नगरपालिकामै गैरकानुनी रूपमा सञ्चालन गरी राखेको पाइएको भन्दै सर्वसाधारणलाई ती संस्थाहरुसँग कारोबार नगर्न भनेसँगै सो तथ्य बाहिर आएको हो ।
नगरपालिकाले ती सहकारीहरु गैरकानूनी रहेको भन्दै ती सहकारीसँग कुनै पनि कारोबार समेत नगर्न आग्रह गरेको छ । एक सूचना प्रकाशित गरी नगरपालिकाले बागमती प्रदेश सरकारले प्रदेशकै कानुनविपरीत आव २०७७÷०७८ र आव २०७८÷०७९ मा बहुउद्देश्यीय सहकारी संस्थाहरू दर्ता गरी भक्तपुर नगरपालिकाभित्र साइनबोर्ड राखी सञ्चालनमा रहेकाले ती सहकारीहरु कानून संगत नभएको सहकारी शाखाले जनाएको छ ।
त्यसरी सञ्चालनमा रहेका सहकारीहरुमा वृत्ति विकास बहुउद्देश्यीय सहकारी संस्था लि, क्षितिज बहुउद्देश्यीय सहकारी संस्था लि, सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लि, सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लि, अर्थलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि, अनुसेवक बहुउद्देश्यीय सहकारी, अर्थ सागर बहुउद्देश्यीय सहकारी संस्था लि, सम्बोधन बहुउद्देश्यीय सहकारी संस्था लि, सानो संसार बहुउद्देश्यीय सहकारी संस्था लि, समपूरक बहुउद्देश्यीय सहकारी संस्था लि र अनमोल बहुउद्देश्यीय सहकारी संस्था रहेको नगरपालिका स्रोतले जनाएको छ ।
‘हामीले यो नगरका विभिन्न ठाउँमा १२ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरू गैरकानुनीरूपमा सञ्चालन गरी राखेको पाएपछि ती बहुउद्देश्यीय सहकारी संस्थाहरूमा रकम जम्मा नगर्न नगरवासीहरूमा अनुरोध गर्दै गत वर्ष नै सूचना जारी गरेका थियौं, त्यो बेलामा दर्ता नभएका सहकारीहरूलाई नगरबाहिर कार्यालय सार्नका लागि पनि भनेका थियौं ,’ नगरपालिकाका एक अधिकारीले भने, ‘त्यसरी भन्दा पनि हालसम्म पनि ती संस्थाहरू अन्यत्र नसारी सञ्चालनमा रहेको पाइएको छ, तिनीहरु वैध हैनन् ।’ ती अधिकारीले त्यस्ता सहकारीहरुलाई ३५ दिनभित्र अन्य ठाउँमा सर्न सूचना जारी गरेको जनाए । उनले सूचनालाई बेवास्ता गरी कार्यालय सञ्चालन गरिराखेको पाइएमा नियमानुसार कारबाही गर्ने तयारी गरिएको पनि बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : २२ बजे