२८ मंसिर ०७९, काठमाडौं । छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । पछिल्ला दुई कारोबार दिन घटेको छापावाल सुनको मूल्य यस दिन भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजावी सुन १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
२८ मंसिर २०७९, बुधबार
0
Shares
प्रतिक्रिया