९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


फ्रान्स विश्वकप फुटवलको फाइनलमा, अर्जेन्टिनासँग फाइनल खेल्ने




२९ मंसिर ०७९, काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ ।
कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो ।
फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले एक एक गोल गरे । हर्नान्डेज खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।
त्यस्तै खेलको ७९ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भए । उनी ७९ औँ मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।
फ्रान्सले अब विश्वकप उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ । हिजो सम्पन पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल पुस ३ गते आइतबार हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : ०२ बजे