११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न तयार छुः चिरीबाबु महर्जन



२९ मंसिर ०७९, काठमाडौं । ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।
त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गरे ।
‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिकालगायत काठमाण्डौ उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’ उनले भने ।

मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताए । यो ऐन सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : १० बजे