२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अस्तव्यस्त छ राजधानी (तस्विरहरु)



तीनकुने पार्कमा फ्याकिएको फोहोर ।

२ पुस ०७९, काठमाडौं । राजधानीमा जताततै अस्तव्यस्त देखिन्छ। भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन। विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन।

धुलाम्मे भैसेपाटी सडक ।

राजधानीमा जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ। प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ। तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन्।

गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ ।

मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन। न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन्। न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ।

मानभवन सडकमा फ्याकिएको ट्राफिक बोर्ड ।

एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन। आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ। तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई झुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ।

लुभुको बीच सडकमा टेलिफोन र इन्टरनेट तारको पोल ।

पाटन दरवारमा माटो उठाउदै मजदुर ।

सातदोवाटो लगनखेल सडकमा फ्किएको माटो ।

सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी ।

तीनकुनेस्थित ढल मिसिएको वागमती नदि ।

वालकुमारी सडकमा दुर्घटनापछि बाँचिएको डिभाइडरको डण्डी ।

टुडिखेलमा राखिएको निर्माण सामाग्री ।

 

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।