११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौंका चार सहकारीका सञ्चालक अझै बेपत्ता




४ पुस ०७९, काठमाडौं । काठमाडौंका चार सहकारीका सञ्चालक बेपत्ता छन्.।
काठमाडौँ महानगरपालिका ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर ६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर ५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कागेश्वरी मनोहरा नगरापालिका ८ शिवचोकमा कार्यालय रहेको कागेश्वरी बचत तथा ऋण सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेको छ ।
स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । गोकर्णेश्वर ६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडाध्यक्ष नवराज लामाले पनि सहयोग गरेको बचतकर्ताले जनाएका छन् । तर वडाध्यक्ष लामाले भने मञ्जुश्री सहकारीबाट लिएको ऋण १० वर्ष पूरा हुँदा पनि नतिरेको भनी नाम सार्वजनिक भएको छ ।
मञ्जुश्री सहकारीका उपाध्यक्ष तामाङ वडाध्यक्ष लामालाई पटक पटक पत्राचार गर्दा पनि अझै ऋण तिर्न नआएको बताउछन् । अन्य ऋण नतिर्ने जनप्रतिनिधिको पनि नाम सार्वजनिक गरिने पनि उनले बताए ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ११ बजे