
५ पुस ०७९, काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी आज भर्ना भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ ।
नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । उनको आजै एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ । उनी अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ । सूचना अधिकारी अधिकारीले नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए ।
–––
५ पुस २०७९, मंगलबार
0
Shares







प्रतिक्रिया