३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज संघीय सासंदलाई शपथ




७ पुस ०७९, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ खुवाउने कार्यक्रम छ । अपरान्ह १ बजे संसद भवन वानेश्वरमा शपथ खुवाउने कार्यक्रम छ ।
शपथ ग्रहणका लागि सांसदहरुले निर्वाचित भएको प्रमाणपत्र लिएर आउन पर्नेछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।
शपथपछि सांसदहरुलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० जना निर्वाचित भएका छन् ।
सचिवालयले शपथ नेपाली भाषामा तयार गरेको छ । मातृ भाषामा शपथ खान चाहने सासंदहरुले ११ बजेसम्म सपथको व्यहोरा बुझाउन अनुरोध गरिएको छ ।
सपथपछि संसद सचिवालयले चियापान कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।