२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ




९ पुस ०७९, जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उहाँ हिजो यहाँ आइपुगेका थिए ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उनी यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै थिइन् ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।