२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने



११ पुस ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् । पार्टीको सोमबार बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताए । उनले कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताए । उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण पछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।