२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पाराहिम ब्रान्डको पारासिटामोल आईपी गुणस्तरहीन



११ पुस ०७९, काठमाडौं । गम्भिर अवस्थाका बिरामीको उपचारका क्रममा प्रयोग हुने पाराहिम ब्रान्डमा रहेको स्लाइनमार्फत दिइने पारासिटामोल गुणस्तरहीन पाइएको छ । धनुषामा रहेको लोमस प्यारेन्टियल एण्ड फर्मुलेसनले उत्पादन गरेको १ सय एमएलको एक हजार एमजीको पारासिटामोल गुणस्तरहीन पाइएको हो ।

उच्च ज्वरोको अवस्था तथा शल्यक्रियापश्चात् बिरामीका लागि यो औषधि प्रयोग हुन्छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन  गरेको नमुना परिक्षण गर्दा  न्यून गुणस्तरको भएको पाइएकाले  सो औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।

जनवरी २०२२ मा उत्पादित ती औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सो को जानकारी औषधि विभागमा गराउन विभागले सार्वजनिक सूचना जारी गरेको छ । विभागले सो औषधि प्रयोग नगर्न आग्रह गरेपनि गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई हुने थप कारबाहीबारे भने खुलाएको छैन ।  

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ३६ बजे