२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा छलफल



११ पुस ०७९, काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बसेको दलहरुको बैठकमा आजै शपथ पछि सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

“बैठकमा सबै दलहरुले आआफ्नो धारणा राखे”, उनले भने, “अब प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।” नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकार सञ्चालनका लागि सानो मन्त्रिपरिषद् गठन गर्ने उनले जानकारी दिए। “कुन दलले कतिवटा मन्त्रालय लिने भन्नेबारेमा अहिले निर्णय भएको छैन”, अध्यक्ष लामिछानेले भने।

बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी थिए । नवनियुक्त प्रधानमन्त्री दाहालले आज ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ  ।  बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।