
१२ पुस ०७९, काठमाडौं । प्रतिनिधि सभाको अधिवेशन यहि पुस २५ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ वटा राजनीतिक दल र चार जना स्वतन्त्र सांसद विजयी भएका छन् । सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।








प्रतिक्रिया