९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुरक्षा अधिकारीलाई गृहले भन्यो, ‘विभागीय अनुमति बेगर नेता र कूटनीतिज्ञ नभेट्नु’



१४ पुस ०७९, काठमाडौं । गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहले विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न निर्देशन दिएको हो । निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने गृहले चेतावनी दिएको छ ।

सुरक्षा अधिकारीले राजनीतिक दलका नेता र कूटनीतिक अधिकारीलाई भेटघाट गर्ने गरेको पाइएको भन्दै कर्तव्यपालनाबाहेकको अवस्थामा स्वीकृति लिनुपर्ने गृहले जनाएको छ । सुरक्षा निकायको सरुवा बढुवामा शक्ति केन्द्रको व्यापक हस्तक्षेप हुने गरेको छ। त्यसका लागि सुरक्षा अधिकारीहरू राजनीतिक दलका नेताहरू निकट देखिने गरेका छन्।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।