२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमै भेटियो नक्कली नोट, एक युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१५ पुस ०७९, काठमाडौं । राजधानीमा नक्कली नोट सहित एक जना युवक पक्राउ परेका छन् ।
काठमाडौंको तारकेश्वर १ बाट हजार दरको ४ थान नक्कली नोट सहित बारा आदर्श कोटवाल गाउँपालिका ५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली नक्कली मुद्रा बनाई सक्कली सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
उनीलाई प्रहरीले मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको पानकारी दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।