९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘मसँग केही सम्पती छैन’



काठमाडौं
१६ पुस। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताएका छन् । बताएका छन् ।
मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता रहेको बताए उनले भने, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन । न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।”

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । “तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो”, उहाँले भन्नुभयो, “ऐन, नियमविपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु ।”
आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको
आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहनुभएका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताउनुभयो । उहाँले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।