काठमाडौ
१९ पुस । पछिल्लो समय अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । त्यस्तै मंगलबार अमेरिकी डलर भाउ फेरि बढेको छ । तर युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा कायम भएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो ।
डलरको भाउ बढ्दा नेपालमा आयात हुने बस्तुहरुको मूल्य बढ्ने हुँदा महँगी बढ्ने निश्चित छ । तर विदेशमा बस्ने परिवारले भने रेमिट्यान्समार्फत धेरै पैसा पाउछन् ।
डलरको मूल्य बढ्दा राज्यले धेरै पैसा खर्चेर डलर किन्नु पर्ने बाध्यता हुन्छ । त्यसैले डलर संचितीमा असर पर्छ ।
आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा घटेको हो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९० रुपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा पाइन्छ।
प्रतिक्रिया